चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डु टुडे २०८० असार १६ गते ७:३० मा प्रकाशित

काठमाण्डु, १६ असार– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा मेघ (गर्जन/चट्याङ्ग) सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ ।

रातिपनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ (गर्जन/चट्याङ्ग) सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाका आकलन छ ।

भारी वर्षा, मेघ –गर्जन र चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us