
काठमाण्डु ,१५ असार- पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
रौनियारलाई काठमाण्डुको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले बताउको छ। रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाण्डुमा पत्राचार गरेको थियो ।
रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।