
काठमाण्डु, १५ असार- ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश डा. कुमार चुडालको इजलासले उनीहरुलाई पक्राउ गरेको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नाममा आदेश जारी गरेको हो ।
आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङ सर्वोच्च अदालत पुगेका थिए ।उनीहरुले हदम्याद सकिएको विषयमा आफूहरुलाई पक्राउ गरेर सरकारले कानूनको उल्लंघन गरेको र आफूहरुको मौलिक हक हनन् भएको दाबी गरेका थिए ।