
काठमाण्डु, १५ असार- काठमाण्डुको बालुजामा बिहीबार राति चोरी भएको छ ।
बालाजुको बोहोराटार हाइट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ५४ वर्षीय प्रेम बहादुर गुरुङको कोठाबाट बिहीबार राति चोरी भएको हो ।उनको कोठाबाट नगद ८ हजार रुपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहाल फरार रहेकोप्रहरीले बताएको छ। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।