काठमाण्डुको शंखमुलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाण्डु टुडे २०८० असार १५ गते १५:१२ मा प्रकाशित

काठमाण्डु ,१५ असार- काठमाण्डु महानगरपालिका १० शंखमुलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाण्डु धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ सहीत १० जना रहेका छन । शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद २ लाख ६५ हजार १ सय २० रुपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us