
काठमाण्डु, १५ असार- मकवानपुको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।
नारायणगढबाट जनकपुर जाँदै गरेको बस हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरीले जानाकारी दिएको छ।
प्रहरीका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको छ। दुर्घटनाका विषयमा थप विवरण खुल्न बाँकी रहेको प्हरीले जनाएको छ।