कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

काठमाण्डु टुडे २०८० असार १५ गते १३:५४ मा प्रकाशित

काठमाण्डु १५ असार, नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए ।विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ ।

९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् ।कार्कीको पक्षयमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए ।

उनको विपक्षमा ४३ मत खसेको छ ।अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।२०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us