पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु

काठमाण्डु टुडे २०८० असार १५ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, १५ असार- पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् ।

दुई दिनसम्म चल्ने भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे मुख्यमन्त्रीहरुले छलफल गरेर प्रधानमन्त्रीसमक्ष पेश गर्नेछन् ।

भोलि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषदको बैठक पनि बस्ने छ । ऐन बनेको ३ वर्षपछि शनिबार पहिलो पटक पोखरामा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us