
काठमाण्डु ,१५ असार- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषिप्रधान देश भएकै कारण नाकाबन्दीले पनि गलाउन नसकेको बताएका छन्।
शुक्रबार धान दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताइका हुन। उनले आफूलाई खान पुग्ने खाद्यान्न स्वदेशमै उत्पादन हुने भएकाले पाँच महिनासम्मको नाकाबन्दीले पनि मुलुकलाई गलाउन नसकेको बताए।‘
उनले भने- पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो। हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ,’, ‘त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन।
खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गर्दै उनले नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताए।ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्नेमा जोड दिए।