संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन:योगेश भट्टराई

काठमाण्डु टुडे २०८० असार १४ गते १८:२७ मा प्रकाशित

काठमाण्डु ,१२ असार- नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूमाथि पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

उनले नेकपा एमाले संवादको लागि हर बखत तयार रहेको समेत बताएका छन।  ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई पहिचानवादीहरुले कालो झण्डा देखाउनुका साथै उनीवरिुध नाराबाजी समेत गरेका थीय।

उनले फेशबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो ।

एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो ।’आज कालो झन्डा देखाउनेहरुको अधिकारका लागि आफूसहित लाखौंले लडेर ल्याएको उनको भनाइ छ । विरोध गर्ने अधिकारको अभ्यास लोकतन्त्रको संघर्षमा आफूहरुले बिताएको समयले सार्थकता पाएको अनुभुति भएको बताए ।उनले भनेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ ।

उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us