नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ

काठमाण्डु टुडे २०८० असार ११ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, ११ असार– प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जनालाई सोमबार पक्राउ गरेको छ ।

आषिश बुढाथोकी नामका व्यक्तिलाई काठमाण्डुको गोल्फुटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाण्डु प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले बुढाथोकीको उक्त प्रकरणमा संलग्नता देखिएको बताए ।

नक्कली भुटानी शरणार्थ बनाएर अमेरिका लैजाने भन्दै संकलित रकम बुढाथोकीको बैंक खातामा भेटिएको कार्कीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us