राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्छ : सांसद झा

काठमाण्डु टुडे २०८० असार १० गते १५:२१ मा प्रकाशित

काठमाण्डु, १० असार- जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले यस्तो बताएकी हुन। उनले संवैधानिक पद तथा राज्यका उच्च पदस्थ व्यक्तिहरुले लिने गरेको सेवा सुविधाको पनि कटौती गर्नुपर्ने बताएकी छन।

त्यसको लागि संविधान संशोधन गर्न उनले माग गरिन् । उनले बजेट विनियोजनमा सुशासनको अभाव देखेको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us