पुन: कोरिया जान नपाएपछि ईपीएस शाखा घेराउ

काठमाण्डु टुडे २०८० असार १० गते १३:१८ मा प्रकाशित

काठमाण्डु, १० असार- भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना दिएका छन् ।

आइतबार बिहान ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले प्रदर्शन गरेका हुन । नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरिया रिटर्नीहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका हुन् ।

सन् २०२२को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका हुन् ।सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।

प्रदर्शनमा अप्रिय घटना पनि हुन सक्ने भन्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us