नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० असार १० गते १३:०४ मा प्रकाशित

काठमाण्डु ,१० असार -गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन।उनले सबै नेपाली नायरीकलाई संविधानले दिएको अधिकार अनुसार नागरिकता प्रभान गर्ने बताए।

’उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, संविधान प्रदत्त मौलिक हकहरूको निर्बाध प्रयोग सहित स्वतन्त्र नागरिक जिन्दगी पाउने स्थितिको प्रत्याभूति गर्ने, भष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापना गर्ने, विपद् जोखिमको न्यूनीकरण तथा व्यवस्थापन गर्ने सरकारले नीति लिएको बताए ।

यस्तै राष्ट्रिय परिचयपत्रको अभियानात्मक वितरण र त्यसबाट हुने अन्य क्षेत्रहरूको सेवालाई समेत सहज बनाउने, लागू औषध रोकथाम गर्ने, महिला हिंसा हुन नदिने र त्यसमा संलग्न पीडकहरूमाथि कडा भन्दा कडा कारबाही गर्ने,दलितमाथिको विभेदलाई कडाइका साथ नियन्त्रण गर्ने र विभेद गर्नेलाई कडाइका साथ कारबाही गर्ने उल्लेख गरे ।

यसका लागि आन्तरिक सुशासनतर्फ पनि ध्यान दिने उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us