चित्त बुझ्ने काम नगरे गठबन्धन फेरिन्छ,नयाँ सरकार बन्छ : गगन थापा

काठमाण्डु टुडे २०८० असार ९ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, ९ असार- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्।

शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन ठिक ढंगले नचले गठबन्धन फेर्ने कुरा नौलो नभएको बताएका हुन्। हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छभइराख्छ,’ उनले भने ।

उनले अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको बताउँदै त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताए ।उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि बताए ।उनले सरकार छोड्न परे पनि नडराइकन एक्ला एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने बताए ।

‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ,’ थापाले भने, ‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर रु १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us