
काठमाण्डु, १५ जेठ– सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । २०२३ मा १० लाख पुर्याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ ।
आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन । ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ ।
अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने उनले बताएका छन । उनले ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल निर्माणलाई तिब्रता दिने बताएका छन । उनले पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तिब्रता दिइने बताएका छन ।
उनले पर्यटकीय पदमार्ग निर्माण गरिने भन्दै उनले पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गर्ने बताएका छन । जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ । पर्यटनमा २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।