२५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको काम सम्बन्धित प्रदेशबाटै

काठमाण्डु टुडे २०८० जेठ १५ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– सरकारले २५ लाख रुपैँयासम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्ग तर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने भएको छ ।

आज (सोमबार) अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०\८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन ।

उनले सघन शहरी विकास तथा बस्ती विकास तर्फका कार्यक्रम सम्बन्धित स्थानीय तहबाट कार्यान्वयन हुने गरी सशर्त अनुदान हस्तान्तरण गरेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us