रेशम चौधरीलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम: रास्वपा

काठमाण्डु टुडे २०८० जेठ १५ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले नै योजनाबद्ध रुपमा कैदमुक्त गरेको आरोप लगाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले रामचन्द्र पौडेलले आज सोमबार गणतन्त्र दिवसको अवसरमा रेशमको सजाय माफी दिएका थिए ।

रास्वपा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सरकारको कदम पूर्वाग्रही भएको टिप्पणी गरेका छन । उनले भनेका छन्, ‘यो आममाफीको शर्त विपरीत मात्र नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’

लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक हुनुपर्ने बताएको रास्वपाले आममाफी मानवअधिकारको उल्लंघन भएको बताएको छ र, सरकारले सचेत गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us