उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ १० गते १७:४६ मा प्रकाशित

काठमाण्डु,१० जेठ- उदयपुरको कटारी नगरपालिका- १२ चिलाउनेस्थित चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्ग बहादुर तामाङ रहेका छन।

गोठमा बसिरहेको अबस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us