
रौतहट, ६ जेठ– रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक एसपी वीरबहादुर बुढामगरले जानकारी दिएका छन ।
मृत्यु हुनेमा गौर नगरपालिका–७ साविरले खान रहेका छन । राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको एसपी बुढामगरले जानकारी दिएका छन ।
त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको एसपी बुढामगरले जानकारी दिएका छन ।
छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी मगरले जानकारी दिएका छन ।