बुहारीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १३:४६ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– रामेछापमा आफ्नै बुहारीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा मन्थली नगरपालिका–१२ सिकराल बस्ने ६१ वर्षीय शम्भु बुढाथोकीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शम्भुले खुकुरी प्रहार गर्दा पवित्राको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us