
काठमाण्डु, ५ जेठ– सरकारले साना किसानलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबेल वितरण गर्ने धोषण गरेको छ । आज शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन ।
सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा यस्तो योजना ल्याएको हो । सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले तराईमा सिँचाइ नपुग्ने स्थानमा नमुना आयोजनाको सम्भावना अध्ययन गरिने पनि बताएका छन ।