
काठमाण्डु, ५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले आज शुक्रबारको बसेको संसद बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेका हुन । अहिले राष्ट्रपति पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।