प्रधानमन्त्रीले संसदमा दिएको जवाफप्रति एमाले सांसद रामचन्द्र राई आपत्ति

काठमाण्डु टुडे २०८० जेठ ५ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– एमालेले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको जवाफप्रति आपत्ति व्यक्त गरेको छ ।

आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद रामचन्द्र राईले आपत्ति व्यक्त गरेका हुन ।उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार हिजो प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि जनाएका हुन ।

प्रधानमन्त्री प्रचण्डले महालेखा परीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपु¥याउने उनले बताएका छन ।

सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन ।

उनले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us