
काठमाण्डु, २ जेठ– कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने बतछाएका छन ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । यो प्रकरणमा मुछिएपछि कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
बालकृष्ण पक्राउ परेपछि उनकी पत्नी मञ्जु प्रतिनिधि सभा बैठकमा देखिएकी छैनन् । डा महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताएका छन ।
उनले भने, ‘मञ्जु खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन, ‘दूधको दूध पानीको पानी आओस्। कांग्रेसले सहयोग गर्छ ।’ उनले यो प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनिरहेको बताएका छन ।
उनले भने, ‘पार्टी सभापतिको मौनता छैन । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनी भनिरहनु भएको छ । धेरै बोल्ने उहाँको बानी छैन,’ ।
यो प्रकरणमा देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै उनले भने, ‘आरजु जीले आफैं प्रतिरक्षा गरिरहनु भएको छ ।’