
6Lsfk’/ 36gfsf d’Vo cleo’Qm ePsf] cleof]udf k’k{Ifsf nflu y’gfdf /x]sf /]dz rf}w/Ln] l;+xb/af/ k’u]/ ;f+;b kbsf] ;ky lnPsf 5g . ;efd’v s[i0faxfb’/ dx/fn] rf}w/LnfO{ kb tyf uf]klgotfsf] ;ky v’jfPsf x’g . l8NnLahf/ sf/fuf/af6 k|x/Ln] pgnfO{ l;+xb/af/ NofPsf] lyof] .tl:a/ =Oln6 hf]zL
काठमाण्डु, २ जेठ– कैलालीको टिकापुरमा वि स २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हँुदै छ ।
यो मुद्दा हिजो सोमबार हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि यो मुद्दा पुनः हेर्दाहेर्दैमा राखिएको थियो ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा रहेका छन ।
जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।
यसअघि प्रतिवादी रेशमलाल चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरिएको थियो ।
जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको र अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो । तर सोमबारको बहसमा समय अभाव भएपछि मंगलबारका लागि नै पेसी तोकिएको थियो ।