पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएन, भोलि पनि लिने

काठमाण्डु टुडे २०८० जेठ १ गते १५:२० मा प्रकाशित

काठमाण्डु, १ जेठ– कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुने भएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि हुने भएको हो ।

आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका थिए ।

बयान अझै नसकिएकाले मंगलबार पनि जारी रहने सरकारी वकिल कार्यालयका एक अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us