भाग्दाभाग्दै पक्राउ परे टोपबहादुर रायमाझी

काठमाण्डु टुडे २०८० वैशाख ३१ गते २१:०५ मा प्रकाशित

काठमाण्डु,३१ वैशाख- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोप लागेपछि फरार भएका एमाले यचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाण्डु जिल्ला अदालतले पुर्जी जारी गरेपछि झण्डै २ सातादेखि उनी फरार भएका थिए ।

आइतबार बुढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरिएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी  दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार उनी एक घरमा लुकेर बसिरहेका बेला पक्राउ परेका थिए । शुक्रबार भक्तपुरको डोलेश्वरमा रहेको सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो । प्रहरीले पिछा गरेको शंकापछि उनी भागेर बूढानीलकण्ठ आएको प्रहरीले जनाएको छ ।

रायमाझीका पुत्र सन्दीप यसअघि नै पक्राउ परिसकेका छन् । सो प्रकरणमा यसअघि पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खॅाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us