सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी

काठमाण्डु टुडे २०८० वैशाख ३१ गते १८:१५ मा प्रकाशित

काठमाण्डु,३१ वैशाख- सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा५ नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कार्यव्यवस्था परामर्श समिति बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने छलफल भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us