
काठमाण्डु,३१ वैशाख- नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेको हुन।
मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन् भने १२ हजार ३१ जनाको कोरोना भाईरस संक्रमणवाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।