दार्चुलामा चटयाङ लागेर ३ जना घाइते

काठमाण्डु टुडे २०८० वैशाख ३१ गते १४:१७ मा प्रकाशित

काठमाण्डु ,३१ वैशाख- दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल रहेका छन।

यार्सगुम्बा संकलन गरिरहेकाबेलामा उनीहरुमाथी। चटयाङ पर्दा ३ जना घाइते भएका हुन् । घाइतेहरुको अहिले उपचार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us