
काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानामन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन । आज बिहिबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन । उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो, के भयो थाहा छैन ।’