सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।

आज (बिहीबार) बिहान बुटवलबाट काठमाण्डु ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराइएको हो । विमानबाट काठमाण्डु ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी सीताराम रिजालले जानकारी दिएका छन ।

सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप लागेको छ । यसअघि पक्राउ परेका ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । यस्तै यो प्रकरणमा एमाले सचिव समेत रहेका टोपबहादुर पनि मुछिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us