
कञ्चनपुर,२० वैशाख– कञ्चनपुरमा रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते भएका छन । घाइतेमध्ये ७ जनाको अवस्था मध्यम छ भने ६ जना समान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय जानकारी दिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको से १ ख ११९४ नम्बरको बससँग से १ ज ९५४ नम्बर गाडी ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस बिग्रिएर सडकमा रोकेका बेला विङ्गरले पछाडिबाट ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।