
काठमाण्डु, ८ वैशाख– बेलायतका उपप्रधान एवं न्यायमन्त्री डोमिनिक राबले आफ्नो पदबाट राजीनामा दिएका छन् । कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि उनी विवादमा परेका थिए ।
राबले आरोप गर्दै आएका थिए । विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको आरोप लगाएको थियो ।
यसबारे छानबिन रिपोर्ट हिजो मात्र प्रधानमन्त्री ऋषि सुनकलाई बुझाइएको छ । उपप्रधानमन्त्री राबले शुक्रबार राजीनामा दिएको बीबीसीले जानकारी दिएको छ ।