
काठमाण्डु, ८ वैशाख–नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १० वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । तीनवटा सरकारी स्वामित्वका बैंकसँगै ७ वटा निजी बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको हो ।
केन्द्रीय बैंकले १० वटा वाणिज्य बैंकबाट एकमुस्ट १५ करोड ४७ लाख ८४ हजार १४० रुपैयाँ २६ पैसा नगद जरिवाना गरेको बताएको छ । जरिवानामा पर्नेहरुमा कृषि विकास बैक ९६९ लाख ५८ हजार ८३१ रुपैयाँ ८९ पैसा०, हिमालयन बैंक ९७१ लाख ७२ हजार ९५९ रुपैयाँ ३६ पैसा०, राष्ट्रिय वाणिज्य बैंक ९१० लाख रुपैयाँ० रहेका छन् ।
कृषि विकास बैंक र हिमालयन बैंक कर्जा÷निक्षेप अनुपात कायम नगरेको आधारमा कारबाहीमा परेका हुन् भने राष्ट्रिय वाणिज्य बैंक सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा राष्ट्र बैंकले कारबाही गरेको हो ।
यसैगरी हाल प्रभू बैंकसँग मर्जरमा गएको तत्कालीन सेन्चुरी बैंकलाई २०७९ साउन र भदौ महिनामा कर्जा÷निक्षेप कायम नगरेको भन्दै केन्द्रीय बैंकले २ करोड ८४ लाख ७३२ रुपैयाँ ८६ पैसा जरिवाना गरेको छ ।
यसैगरी तोकिएको कर्जा९निक्षेप अनुपात कायम नगर्ने नेपाल बैंक १८ लाख ५९ हजार ७५२ रुपैयाँ ३८ पैसा जरिवानामा परेको छ भने, नबिल बैंक ६ करोड ४६ ४५ हजार ३२ रुपैयाँ ७४ पैसा जरिवानामा परेको छ ।
०७९ भदौ र असोज दुई महिनाको कर्जा–निक्षेप अनुपात कायम नगर्ने ग्लोबल आईएमई बैंकलाई समेत केन्द्रीय बैंकले ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ ३ पैसा जरिवाना गरेको छ ।
यसैगरी आफ्नो अख्तियारी भन्दा बाहिर गएर कर्जा स्वीकृत गर्ने प्रमुख कार्यकारी अधिकृत रहेको तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम ५ लाख रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।
यता सहुलियतपूर्ण कर्जा प्रवाहमा औचित्य पुष्टि नहुने क्षेत्रमा कर्जा दिने, कतिपय मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याजदर प्रदान गर्ने तथा कर्जाको जोखिमभार मेन्टेन नगर्ने कुमारी बैंकलाई भने प्रथम पटक सचेत गराइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।