प्रतिनिधिसभा बैठक बस्दै

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १०:२८ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us