
काठमाण्डु, ४ वैशाख– प्रहरीले मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेकी छन ।
उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भी कमल चौधरीसँग रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको जानकारी दिएको छ ।