
तनहुँ , ४ वैशाख– तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका एक जना शिक्षकको आज सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेका छन । पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किँदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो र उनी घाइते भएका थिए ।
घाइते उनको आज पोखरामा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन ।
मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका–७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको घाइते अवस्थामा पोखरामा उपचार भइरहेको पनि प्रहरीले बताएको छ ।