रविका चालक छतबाट खसेको घटना: सोधपुछका लागि महामन्त्री ढकालका चालक नियन्त्रणमा

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १२:०८ मा प्रकाशित

काठमाण्डु,४ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य शुरु गरेको छ ।

अर्का चालक कालुराम राजवंशीलाई जिल्ला प्रहरी कार्यलयमा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन । कालुराम रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक हुन् ।

लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए ।

सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us