
काठमाण्डु,३ वैशाख- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र0का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलोपटक औपचारिक भ्रमणमा भारत जान लागेका ह’न । प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको मिति तय गरिने प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।
ती सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणको निम्तो आइसकेको छ । भ्रमण गर्ने भए पनि दुई देशको तर्फबाट तयारी गर्नुपर्ने हुन्छ’ ‘परराष्ट्र मन्त्रीले आज शपथ लिनुभयो । यो महिनाको अन्तिमसम्म प्रधानमन्त्री ज्यूको भारत भ्रमण हुनसक्छ ।
प्रधानमन्त्री प्रचण्डले छिट्टै भारत भ्रमण गर्ने भनिए पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र नजिकिएको उपनिर्वाचनका कारण ढिलाइ भएको सचिवालयका ती सदस्यले जानकारी दिएका छन ।
प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले समेत तयारी स’रु गरेको छ । आज (आइतबार) शपथ लिए लगत्तै परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुने बताएका छन ।