इटाली र कोरिया पठाइदिन्छु भनेर ६६ लाख ठगी, २ जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १८:२७ मा प्रकाशित

काठमाण्डु,३ वैशाख- प्रहरीले इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नमा ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधन कुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठ रहेका छन ।

काठममाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले उनी हरुलाई पक्राउ गरेको हो । उनीहरुले विपिन खत्रीसहित २२ जनालाई ५ लाख रुपैयाँमा इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगल आदि देश पठाइदिन्छु भनेर समग्रमा ६६ लाख ३७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार ती देशका प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक १ लाख भन्दा बढी कमाइ हुन्छ भनेर रकम लिएको देखिएको रेग्मीले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us