भारतमा पछिल्लो २४ घण्टामा हजार थप १० हजार ७५३ जनमा कारोनाको सङ्क्रमण, २७ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २ गते १३:१३ मा प्रकाशित

एजेन्सी– भारतमा पछिल्लो २४ घण्टामा थप १० हजार ७५३ जनमा कारोनाको सङ्क्रमण भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण थप २७ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिल्लीमा मृत्यु भएको छ । दिल्लीमा ६ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै राजस्थानमा तीन र छत्तीसगढ, गुजरात, हरियाणा, हिमाचल प्रदेश, जम्मू कश्मीर, मध्य प्रदेश, उत्तराखण्ड र उत्तर प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार दैनिक सङ्क्रमण दर ६ ७८ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us