
काठमाण्डु, १ वैशाख– काठमाण्डुको जडिबुटीस्थित भिनाजुले आफ्नै सालोमाथि खुकुरी प्रहार गरेका छन् । रमण काफ्लेले आफ्नो सालो दिपेशमाथि खुकुरी प्रहार गरेका हुन् ।
घाँटीको पछाडि भागमा भएको खुकुरी प्रहारबाट घाइते दिपेशको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले काफ्लेलाई पक्राउ गरेको छ ।