
काठमाण्डु,२४ चैत-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति आफ्नो दलको समर्थन नरहेको बताएका छन् ।
शुक्रबार बुटवलमा पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले आफूले केही कुरा राम्रा छन् भनेको तर पूरै समर्थन रहेको जसरी आफ्नो हस्ताक्षर प्रयोग गरिएकोमा उनले असन्तुष्टि जनाएका छन।
उपनिर्वाचनको सिलसिलामा म हिजो चितवन भएका बेला प्रधानमन्त्रीको फोन आएको थियो, न्यूनतम साझा कार्यक्रमबारे कुरा हुँदा मैले केही कुरा ठीक भनेको मात्रै हुँ’ केसीले भने, ‘मेरो कुराले प्रधानमन्त्रीलाई सर्लक्कै मान्यो भन्ने भ्रम भएछ र सिग्नेचर राख्दिनुभएछ, मेरो सिग्नेचर चोरी भयो त भन्दिनँ, सिग्नेचर सिंहदरबारमै हुन्छ ।
’न्यूनतम साझा कार्यक्रममा संघीयता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयक र नागरिकताको विषयमा आफ्नो दलको प्रष्ट विमति रहेको उनले बताय।
‘अहिले संघीयता सबैलाई घाँडो भएको छ, हामीले त सुरुदेखि नै प्रदेश संरचनाको संघीयता स्वीकार गरेका छैनौं, तर न्यूनतम साझा कार्यक्रममा ठाउँठाउँमा संघीयता उल्लेख छ, त्यस्तो कुरामा कसरी समर्थन हुन्छ रु’ केसीले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयक जसरी फास्ट ट्रयाकबाट टुंग्याउन खोजिएको छ, त्यो पनि ठीक छैन, हाम्रो विमति छ ।
’केसीले अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विषय पनि आफ्नो दलले स्वीकार नगर्ने बताए ।लोकतन्त्र र गणतन्त्र ल्याउन लडेका दलहरु दलगत र निजी स्वार्थमा लागेर न्यायपालिका, अख्तियार, संवैधानिक निकाय सबैतिर सेटिङ गरेर संसदीय व्यवस्थालाई विकृत बनाएकाले जनतामा व्यापक घृणा र वितृष्णा बढेको केसीले बताय ।