
काठमाण्डु ,२४ चैत- काठमाण्डुको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाण्डु महानगरपालिकाको टोलीको बाटो छेकेका छन ।
माहानगरलले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै त्यहाँका संरचना भत्काउन शुक्रबार दिउँसो डोजर पठाएको थियो।महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो बन्द गररेका हुन बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ ।
सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।