
काठमाण्डु, २४ चैत- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले निर्देशन र घोषणाको मनोवृत्तिबाट प्रधानमन्त्री मुक्त हुनुपर्ने बताए । निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री मुक्त हुनुपर्छ ।
निर्देशन नदिएको हुनाले गर्दा परिणाम नआएका होइनन्,’ उनले भने, ‘समस्याको गाँठोमा पुगिएन भने निर्देशन अलपत्र मात्र हुन्छन् । कुनै बेला आफैले दिएका निर्देशन स्मरण गर्नुपर्ने हुन्छ प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर प्रश्न गरे । ।’ थापाले प्रधानमन्त्रीको काम हेर्दा अत्मविश्वास नभएको र बढी अलमलमा परेको देखिने बताए ।
बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम आएको भन्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रमपछि यात्रा सुरु भयो, मेरो लक्ष्य प्रष्ट भयो । जस भए पनि मेरो, अपजस मेरो हो भन्ने आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ ।’यसका लाागि प्रधानमन्त्रीको टिम चाहिने भए पनि आफूले नदेखेको उनले सुनाए । भारत लगायतका देशका प्रधानमन्त्रीको टिमबारे चर्चा गर्दै उनले हाम्रो प्रधानमन्त्रीको कार्यालय हे¥यो भने सजाय पाएकाहरुलाई थन्क्याउने ठाउँ मात्र बनेको बताए । ‘प्रधानमन्त्री अप्रेटर पनि हो, कोडिनेटर पनि हो ।
प्रधानमन्त्रीले टिम चलाउने हो । मन्त्रीहरु प्रधानमन्त्रीका अंगहरु मात्र हुन् । सबैलाई सँग(सँगै लिएर हिँड्नुपर्छ । प्रधानमन्त्रीलाई टिम चाहन्छ,’ महामन्त्री थापाले भने ।
तर प्रधानमन्त्री कार्यालयको सरकारी टिम सजाय पाएको जस्तो भएको उनको भनाइ छ । परिणाम मुखी काम गर्न चुस्त टिम बनाउन प्रधानमन्त्रीलाई उनले आग्रह गरे। ’सरकारले जनतालाई उत्साह र भरोसा दिलाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । चैत मसान्ततिर न्यूनतम साझा कार्यक्रम आएको छ, असोजसम्मको समय दिनुस् ।
असोजमा यही संसदमा आउनुस् र न्यूनतम साझा कार्यक्रमको केके काम भयो भनेर बताउनुस् ।’न्यूनतम साझा कार्यक्रममा उल्लेख भएका विधेयकहरु ल्याउँदा सबै सांसदले सहयोग गर्ने उनले बताए । सार्वजनिक खर्च कटौतीमा निर्मतापूर्वक काम थाल्न र दण्डहीनतालाई प्रश्रय दिन्न भन्ने कामबाट देखाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।
सरकार सफल होस् भन्ने चाहेको भन्दै महामन्त्री थापाले अगाडि भने, ‘न्यूनतम साझा कार्यक्रम आयो, अब सरकारले एक दिन एक काम भन्ने नाराका साथ प्रत्येक दिन एउटा परिणम ल्याउने कोशिस गरोस् ।
’तर अर्को ५ वर्ष समय खेर फाल्ने सुविधा नभएको भन्दै आफूहरुलाई ‘टेकन फर ग्रान्टेड’का रुपमा नलिन सचेत समेत गराएका छन् ।‘मत हाल्ने सांसद हुन्, हामीले जे गरेपनि यिनीहरुले थपडी बजाउँछन् भन्ने नठानियोस्’, कुरा गर्ने होइन, परिणाम दिने सरकार चाहिएको हो उनले भने