सांसद सोविता गौतमको प्रश्न फुटबल प्रशिक्षकलाई अझै नियुक्ति किन नदिएको ?

काठमाण्डु टुडे २०७९ चैत २४ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, २४ चैत- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बतायकी हुन। प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता जिताइसक्दा पनि किन नियुक्ति नदिएको भनी प्रश्न गरीन।

खेल जितेको बेला खुद्रा पैसाको बिटो लगेर मात्र खेलप्रति सम्मान हुँदैन’ उनले भनिन्, ‘‘हाम्रो अव्यवस्थाको मारभित्र मुख्य प्रशिक्षकलाई पार्नु हुन्न ।

उनले यो खेलप्रतिको उदासिनता पनि हो बिसंगति विकृति र अव्यवस्था भयको बताइन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us