नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन

काठमाण्डु टुडे २०७९ चैत २४ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, २४- चैत नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिकरहवाईरविविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ ।

यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ ।

नर्सिङमा ४२ जना, लेखामा ४६ जना र पुजारीमा ११ जनालगायत गरी विभिन्न पदका लागि सेनाले १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको हो । आवेदन दरखास्त पेस गर्ने अन्तिम मिति आज चैत २४ गतेदेखि बैशाख २३ गतेसम्म तोकिएको छ ।

दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा आवेदन फारम बुझाउन सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us