
काठमाण्डु ,२४ चैत -गएराति गुल्मीको एक घरका आगलाग हुदा एक जना वृद्धको मृत्यु भएको छ ।
पृत्यु हुनेमा जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसी रहेका छन। जिसीको घरमा गएराति करिब १० बजे आगलागी भएको थियो ।
आगलागीबाट ढुंगा माटोले बनेको घर जलेर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए ।
आगो नियन्त्रणका लागि प्रहरी निरीक्षक घिमिरेसहित १४ जनाको टोली घटनास्थल गएको थियो । आगलागीको कारण खुलेको छैन